Rule 31
प्रमाणपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) ऐनको दफा ३१ बमोजिम डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्न चाहने कुनै पनि व्यक्ति, फर्म वा कम्पनीले अनुसूची–५ बमोजिमको ढाँचामा प्रमाणीकरण गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर प्रमाणीकरण गर्ने निकायले आवश्यक जाँचबुझ गर्नेछ । यसरी जाँचबुझ गर्दा खास गरी देहायका कुराहरू उपर जाँचबुझ गर्नु पर्नेछ ः-
(क) प्राप्त निवेदन आधिकारिक र कानून सम्मत भए वा नभएको,।
(ख) निवेदक शंकास्पद ग्राहकको सूचीमा भए वा नभएको,
(ग) निवेदक अन्य कुनै व्यक्तिको सहयोग विना आफैं त्यस्तो प्रमाणपत्रको प्रयोग गर्न सक्षम छ भन्ने कुरामा प्रमाणीकरण गर्ने
निकाय विश्वस्त हुने आधार,
(घ) प्रमाणीकरणको विवरण डाइरेक्टरीमा प्रकाशन गर्न निवेदकले सहमति जनाएको वा नजनाएको,
(ङ) निवेदकले पेश गरेको प्रमाणीकरण गर्ने प्रक्रियाको विवरण उपर पहिचानको सत्यता परीक्षण गरिसकेको वा नसकेको ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदकबाट कुनै थप विवरण माग गर्न आवश्यक देखेमा प्रमाणीकरण गर्ने निकायले निवेदकसँग त्यस्तो थप विवरण माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम माग गरिएको थप विवरण प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्नु सम्बन्धित निवेदकको कर्तव्य हुनेछ ।